ad ad

समाज


पोखरामा थप ४ कोरोना संक्रमितको मृत्यु

पोखरामा थप ४ कोरोना संक्रमितको मृत्यु

नेपालखबर
मंसिर ५, २०७७ शुक्रबार ७:२५,

पोखरा महानगरपालिकाका थप ४ जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिकाका ४ जना संक्रमितको मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जनाकारी दिए।

मृत्यु हुने चारै जना पुरुष रहेका छन्।

पोखरामा महानगरपालिका वडा नं. ९ का ६८ र वडा नम्बर १९ का ७५ वर्षीय पुरुषको बिहीबार राती र वडा नं. १७ का २९ र १३ का ५५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो।

त्यस्तै पोखरामा २९ सहित गण्डकीमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना पुष्टि हुने अन्य जिल्लामा लमजुङमा ७ र स्याङ्जामा २ रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .