ad ad

समाज


डब्लूएचओका प्रमुखमाथि इथियोपियाका बिद्रोहीलाई हतियार प्रदान गर्न सहयोग गरेको आरोप

डब्लूएचओका प्रमुखमाथि इथियोपियाका बिद्रोहीलाई हतियार प्रदान गर्न सहयोग गरेको आरोप

नेपालखबर
मंसिर ४, २०७७ बिहिबार १३:२५,

बिद्रोही शक्ति टिग्रे पिपल्स लिबिरेसन फ्रन्ट टीपीएलएफ र इथियोपियाको संघीय सेनाबीच हाल संघर्ष जारी छ।

टेड्रोसले टीपीएलएफको पक्षमा वकालत गरेको र उनीहरुलाई हतियार प्रदान गर्न सहयोग गरेको आरोप लागेको बीबीसीले जनाएको छ।

इथोपियाको राष्ट्रिय रक्षा बलका प्रमुख लेफ्टिनेन्ट जनरल बिरहानु जुला गेललाल्चाले यस्तो आरोप लगाएका हुन्। यद्यपी उनले आरोपलाई पुष्टि गर्न कुनै प्रमाण भने पेश गरेनन्।

टिग्रेमा यसवर्षको नोभेम्बर यता भएको द्वन्द्वका क्रममा सयौं मानिसहरुको ज्यान गइरहेको छ। टेड्रोस टिग्रेकै बासिन्दा हुन्। यसअघिको सरकारमा उनी देशका स्वास्थ्यमन्त्री थिए।

आफूलाई बिद्रोहीलाई सहयोग गरेको आरोप लागिरहँदा हालसम्म उनले कुनै प्रतिक्रिया जनाएका छैनन्।

हाल द्वन्द्व जारी रहेको इथियोपियाबाट ३० हजार मानिसहरु सुडान भागेका छन्।

सन् २०१८ मा अबि अहमद यहाँको राष्ट्रपति हुन अगाडि हाल विद्रोहमा उत्रिएको टीपीएलएफले एक दशकसम्म यहाँको सेना र राजनीतिमा बर्चस्व कायम गरेको थियो।

यसै वर्षको सेप्टेम्बरमा कोरोना प्रकोपबीच टिग्रेमा क्षेत्रीय निर्वाचनको आयोजना गरिएको थियो। राष्ट्रपतिले यस निर्वाचनलाई अवैधानिक भनेका थिए।

नोभेम्बर ४ मा केन्द्र सरकारले टीपीएलएफलाई सैन्य अखडामा आक्रमण गरेर हतियार लुटपाट गरेको आरोप लगाएपछि यहाँ विवाद निम्तिएको हो।

टीपीएलएफले आक्रमण गरेको विषय झुठो भएको बताएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .