ad ad

कारोबार


मन्त्री नेम्वाङद्वारा अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टमको सुरुवात

मन्त्री नेम्वाङद्वारा अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टमको सुरुवात

नेपालखबर
मंसिर ४, २०७७ बिहिबार १३:४०,

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटिएमएस) शुभारम्भ गरेका छन्।

बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री नेम्वाङले अनलाइन एप्लिकेशनको लगइन बटन थिचेर उद्घाटन गरेका हुन्।

सार्वजनिक यातायात क्षेत्रलाई अनलाइन एप्लिकेशनको माध्यमबाट अनुगमन गर्ने प्रणालीको उद्घाटन गर्दै मन्त्री नेम्बाङले बदलिँदो परिस्थितिमा यातायात क्षेत्रलाई व्यवस्थित गर्न यस्तो प्रणालीले ठूलो सहयोग गर्ने बताए।

उनले भने ‘सार्वजनिक यातायात क्षेत्रलाई नविनतम रुप दिदै यसलाई आधुनिक प्रविधिमैत्री बनाएर, आधुनिक प्रविधिसँग आबद्ध गराउँदै लानु पर्छ।’

मन्त्री नेम्वाङले यातायात क्षेत्रलाई पारदर्शी, सुरक्षित तथा वातावरणमैत्री बनाउनु आवश्यक रहेको औँल्याउँदै त्यसको लागि नीतिगत व्यवस्थापन सुरु गरिएको उल्लेख गरे।
‘यातायात क्षेत्रका धेरै अधिकारहरु प्रदेश अन्तर्गत गएका छन्। कानुनहरु, नीतिहरु तर्जूमा भइरहेका छन्। यद्यपी केही नीतिगत कुराहरु अहिले संघमा पनि छन्। जसको निम्ती संघीय कानुनहरु बनाउन मन्त्रालय लागिपरेको छ’ उनले भने।

 मन्त्री नेम्बाङले सार्वजनिक यातायातलाई एकीकृत, पारदर्शी, प्रविधिमैत्री, सुरक्षित, भरपर्दो बनाएर लानका निम्ति यातायात प्राधिकरणको परिकल्पना गरिएको बताए। उनले सार्वजनिक यातायात प्राधिकरण बनाउनका निम्ति संसदमा विधेयक पेश गरिएको जानकारी दिए।

अनलाइन मोनिटरिङ सिस्टमको कार्यान्वयनले यातायात व्यवसायी, कर्मचारी र यात्रु सबैलाई फाइदा हुने विश्वास समेत व्यक्त गरे।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले अहिले डिजिटल प्रविधिको प्रयोगबाट यातायात क्षेत्रलाई चुस्त बनाउन खोजिएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .