नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लामा १ हजार २२९ सहित देशभरमा पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमार्डौँमा ९६५ रहेका छन्। त्यस्तै बढी संक्रमित हुने अन्य जिल्लामा ललितपुरमा १८९, मोरङ १२८, चितवन ८०, सुनसरी ७९, भक्तपुर ७५ र रुपन्देही ५७ रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ।
हेरौँ आज कहाँ कति संक्रमित थपिए?
प्रतिक्रिया