ad ad

कारोबार


५० अर्बको कोष : कार्यविधि बन्यो, स्रोत सुनिश्चित नभएपछि सञ्चालक समितिको बैठक बस्दै

५० अर्बको कोष : कार्यविधि बन्यो, स्रोत सुनिश्चित नभएपछि सञ्चालक समितिको बैठक बस्दै

नेपालखबर
मंसिर ४, २०७७ बिहिबार ११:४०,

कोरोना प्रभावितहरुको लागि नेपाल सरकारले घोषणा गरेको ५० अर्ब रुपैयाँको राहत प्याकेजको कार्यविधि सार्वजनिक गरे पनि स्रोत अभाव देखिएको छ।

नेपाल राष्ट्र बैंकले तयार गरेको कार्यविधि मन्त्रिपरिषदले पारित गरे पनि स्रोत अभाव देखिएपछि राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्नलागेको छ।

शुक्रबार ५० अर्ब कोषको स्रोत सुनिश्चित गर्नको लागि अर्थ मन्त्रालयमा बैठक बस्न लागेको एक सञ्चालकले नेपालखबरलाई बताए।

उनले भने, ‘सञ्चालक समिति सचिवालयबाट शुक्रबारको बैठकको लागि पत्र आइसकेको छ।’

राष्ट्र बैंक सञ्चालक समितिको सचिवालय अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखा रहने व्यवस्था छ। उक्त महाशाखाले सञ्चालक समितिका ७ जनालाई नै पत्र लेखिसकेको हो।

५० अर्ब कोषको लागि नेपाल सरकारले १ अर्ब रुपैयाँ छुट्याएको छ। ४९ अर्ब रुपैयाँको स्रोत भने अहिलेसम्म सुनिश्चित भएको छैन।

यो कोषको निर्माण गर्ने योजना चालू आर्थिक वर्षको बजेटमार्फत आएको हो। बजेटमा कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढङ्गले कर्जा उपलब्ध गराउन यो कोष जारी गरिने उल्लेख गरिएको थियो।

कोष राष्ट्र बैंकमार्फत सञ्चालन हुनेछ। त्यसमा सरकार र सरकारी स्वामित्वका सार्वजनिक संस्थान र दातृनिकायबाट प्राप्त हुने रकम रहने व्यवस्था गरिने प्रक्रिया अर्थ मन्त्रालयले अघि बढाएको समेत थियो। नेपाल टेलिकम लगायतका निकायसँग ऋण लिने प्रक्रिया समेत अघि बढाएको थियो। तर त्यो प्रक्रिया अहिलेसम्म टुङ्गिएको छैन।

त्यस्तै अन्य रकम कसरी जुटाउने भन्नेबारे समेत भोलि बस्ने सञ्चालक समतिको बैठकमा छलफल हुनेछ।

यो पनि –
कोरोना प्रभावित व्यवसायीले १० करोड रुपैयाँसम्म कर्जा पाउने ५० अर्ब कोषको कार्यविधि जारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .