ad ad

समाज


‘पर्ख, हेर र जाउ’ लाई पालना गराउन ३८० शाखा सडकमा ट्राफिक प्रहरी परिचालन

‘पर्ख, हेर र जाउ’ लाई पालना गराउन ३८० शाखा सडकमा ट्राफिक प्रहरी परिचालन

नेपालखबर
मंसिर ३, २०७७ बुधबार ८:५३,

सवारी चालकहरूले शाखा सडकबाट मूल सडकमा सहजै निस्कने ट्राफिक नियम ‘पर्ख, हेर र जाउ (स्टोप, लुक एण्ड गो)’ लाई पालना गराउन आजदेखि ट्राफिक प्रहरी खटिएका छन्।

सवारी चलाउँदा विशेषगरी ट्राफिक संकेत, अपनाउनु पर्ने सावधानी जस्ता नियमहरुको पालना गर्नुपर्ने भएता पनि कतिपय सवारी चालकहरुले त्यसो नगरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

महाशाखाले शाखा सडकबाट मूल सडकमा सहजै निस्कन ‘स्टोप, लुक एण्ड गो’ का ट्राफिक संकेत बोर्डहरुको पालना गराउन ३८० वटा शाखा सडकमा ३८० जना ट्राफिक प्रहरी खटाएको छ।

‘सवारी चालकले भित्रि सडकबाट मुख्य सडकमा निस्कँदा पर्ख, हेर र जाउ भन्ने ट्राफिक नियम कतिपय चालकले पालना नगरेको कारण पालना गराउन तथा सिकाउन आजदेखि त्यस्ता चोक जक्सनमा ३८० जना ट्राफिक प्रहरी खटाईएको हो’ महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले भने।

उनले उपत्यकाको ट्राफिक चाप व्यवस्थित गर्न तथा चोक जक्सनमा हुने सवारी दुर्घटना न्यूनिकरण गरी सहज र सुरक्षित यात्रा गराउनका लागि त्यस्ता ट्राफिक संकेत बोर्डहरू निर्माण गरी राखिएको बताए।

उक्त नियम सवारी चालकहरूलाई पालना गराउन र सिकाउन पिकआवरको समयमा ३-३ घण्टा ट्राफिक प्रहरी खटिने छन्। आज बिहानको समयमा मात्रै तीन हजार पाँच सयको हाराहारिमा चालकहरुलाई उक्त संकेत बोर्डको महत्व तथा फाइदाको बारेमा सम्झाई बुझाई गरि पालना गर्न समेत सुझाएको छ।

यस्ता बोर्डहरू काठमाडौं उपत्यकाको मूल सडकमा निस्कने शाखा वा भित्री सडकको मुखैमा राखिएको महाशाखाले जनाएको छ।

भित्री वा शाखा सडकबाट मूल सडकमा निस्कने सवारी चालकहरूले स्व–अनुशासित भई उक्त ‘रोक, हेर र जाउँ’ को नियम पालना गरी जाम तथा दुर्घटना रहित सहज यात्रा गरि सभ्य सडक संस्कृतिको विकास गरिदिन सम्पूर्ण सवारी चालकहरूलाई विशेष अनुरोध पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .