ad ad

कारोबार


कैलालीमा जिप लाइन, पर्यटकको आकर्षण बढ्यो

कैलालीमा जिप लाइन, पर्यटकको आकर्षण बढ्यो

नेपालखबर
मंसिर ३, २०७७ बुधबार ९:८,

कैलालीको महोन्याल गाउँपालिका स्थित कर्णाली नदीमा ‘जिप लाइन’ सेवा सञ्चालनमा आएपछि पर्यटकको आकर्षण बढ्न थालेको छ।

सुदूरपश्चिम प्रदेशको प्रवेश द्वारसमेत रहेको यस ठाउँमा कोभिड संक्रमणको जोखिमका बाबजुदपनि जिप लाइनको आनन्द लिन पर्यटकहरु आउने गरेका छन्।

कैलालीको महोन्याल गाउँपालिका वडा नं. ७ पितमारी स्थित कर्णाली नदीको किनारमा जिप लाइन सेवा सञ्चालनमा आएको छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको करिब १ सय ३० मिटर लामो लाइन निर्माण भएपछि जिपलाइन सेवा सञ्चालनमा आएको हो।

साहसिक खेलको रुपमा रहेको जिप लाइनको मज्जा लिन अहिले दैनिक रुपमा पर्यटकको भिड लाग्ने गरेको छ।

२०७६ सालको माघ महिना देखि जिपलाइन सञ्चालनमा आएपनि कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेको थियो। चिसापानी एड्भेञ्चर रिसोर्टले करिब १० लाख रुपैयाँ लागतमा यो जिपलाइन सेवा सञ्चालनमा ल्याएको हो।

यस क्षेत्रमा घुम्न आउने पर्यटकका लागि साहसिक खेलको मनोरञ्जन दिने उद्देश्यले जिपलाइन सेवा सञ्चालनमा ल्याइएको सञ्चालक तपेन्द्र रावलले बताए।

जिपलाइनको अनुभव लिन आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। साहसिक खेल जिपलाइन खेल्नका लागि अहिले दैनिक २ सय देखि ३ सयको संख्यामा पर्यटकहरु आउने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .