ad ad

समाज


दिल्ली वरिपरी पराल जलाएका कारण भारतमा वायु प्रदुषण उच्चस्तरमा

दिल्ली वरिपरी पराल जलाएका कारण भारतमा वायु प्रदुषण उच्चस्तरमा

नेपालखबर
कात्तिक ३०, २०७७ आइतबार ११:०,

भारतको राजधानी दिल्ली लगायत वरपरको क्षेत्रमा पछिल्लो केही दिनयता वायु प्रदुषण उच्च स्तरमा पुगेकोछ।

दिल्ली वरपरि हरियाणा र पंजाबमा पराल जलाएका कारण पनि दिल्लीमा अत्यधिक प्रदुषण बढेको हो। प्रदुषणलाई मध्यनजर गर्दै दिल्ली लगायत भारतका धेरै राज्यले दिपावलीमा पटाखा बिक्रि वितरणमा समेत रोक लगाएका छन्।

दिपावलीमा पटाखा बिक्री वितरणमा रोक लगाएको दिल्ली सरकारले प्रदुषण नियन्त्रणको उपाय स्वरुप दिल्लीमा ‘रेड लाईट अन, गाडी अफ’ अभियान चलाएको छ। अभियान अन्तर्गत दिल्ली सरकारले ट्राफिक सिगनलहरुमा रातो बत्ती भएका बेला गाडी बन्द गराउनका लागि नगर प्रहरी खटाएको छ। दिल्लीमा प्रदुषणका कारण पुरै दिन तुवालो लागेकाले घाम लागेन।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार ४ नोभेम्बरदेखि ९ नोभेम्बरसम्म दिल्लीमा निरन्तर ६ दिनसम्म प्रदूषण स्तर ’गंभीर’ श्रेणीमा रहेको थियो। राजधानी दिल्लीसहित एनसीआर फरीदाबाद, नोएडा, ग्रेटरनोएडा र गुडगाँवमा पनि वायु गुणस्तर अति खराब श्रेणीमा पाइएको थियो।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार शनिबार साँझ ४ बजे वायु गुणस्तर सूचकांक ४५१ एक्यूआई रहेको थियो। भने विहानको समयमा वायु गुणस्तर ३ सयको हाराहारीमा रहेको थियो। एक्यूआई शून्यदेखि ५० सम्मलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मलाई सन्तोषजनक, १०१ देखि २०० सम्मलाई मध्यम, २०१ देखि ३०० खराब र ३०१ देखि माथिको एक्यूआइलाई अति खराब मानिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .