ad ad

समाज


तीन युवतीलाई भारततर्फ लैजाँदै गरेका चार जना पक्राउ

तीन युवतीलाई भारततर्फ लैजाँदै गरेका चार जना पक्राउ

नेपालखबर
कात्तिक १९, २०७७ बुधबार १२:२४,

रोजगारीको बहानामा तीन युवतीलाई भारततर्फ लैजाँदै गरेका चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका ८ का २८ वर्षीय सचिन मेहेता, विराटनगरका २४ वर्षीय बरुणकुमार मण्डल, भारत बिहारको अररिया ३७ वर्षीय दिलिपकुमार साह र सोही ठाउँका ३५ वर्षीय दिलिप यादवलाई पक्राउ गरेको हो।

उनीहरुले भारतमा राम्रो काम पाइन्छ र मासिक कमाई ६० हजार हुन्छ भन्दै युवतीहरुलाई फकाएर लगेका थिए।

मोरङको बेलवारीका २ जना र विराटनगर १७ कि एक गरी ३ युवतीलाई भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

कात्तिक १७ गते ईनरुवा टेम्पो स्टेनमा ती युवतीहरुलाई बोलाएर उनीहरु राति मिनी हाई वे होटलमा वास बसेका थिए। मंगलबार भारततर्फ जानका लागि गाडी चढी विराटनगरतर्फ जाने क्रममै शंका गरी चेकजाँचका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेकाविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .