ad ad

समाज


साइबर ब्युरो भन्छ: नांगो फोटो पठाउनुस् भन्दै फोन आउला है!

साइबर ब्युरो भन्छ: नांगो फोटो पठाउनुस् भन्दै फोन आउला है!

नेपालखबर
कात्तिक १३, २०७७ बिहिबार ०:३०,

नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर फेसबुकमार्फत नग्न तस्बिर माग्नेसँग सचेत हुन अनुरोध गरेको छ।

प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेको भन्दै ब्युरोले सचेत हुन आम नागरिकको ध्यानाकर्षण गराएको छ।

ब्युरोका अनुसार विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नम्बर नै नदेखिने नम्बरबाट फोन गरेर नग्न तस्बिर माग्ने गरिन्छ। त्यस्तै सामाजिक सञ्जालको नक्कली आइडी बनाएर कल गरी आफू प्रहरीको साइबर क्राइम विभागको मान्छे भएको भन्दै प्रविधिको दुरुपयोग गर्ने क्रम ब्युरोको सूचनामा उल्लेख छ।

यस्ता गिरोहले प्रविधिको दुरुपयोग गरेर व्यक्तिको फेसबुक ह्याक भएको बहाना बनाई त्यसको प्रमाणीकरणका लागि नग्न तस्वीर वा श्रव्यदृष्य माग गर्ने गरेको पाइएको ब्युरोको विज्ञप्तिमा उल्लेख छ।

‘उनीहरुले फोन गरेर तपाईँको एकाउन्टबाट नग्न तस्वीर तथा भिडियो भाइरल भइरहेको छ। एक पटकका लागि हामीले त्यस्तो हुनबाट रोकेका छौँ। त्यसको प्रमाणीकरणका लागि नग्न फोटो वा भिडियो पठाउनुहोस् भनी पठाउन लगाउने र प्राप्त भएपछि नक्कली आइडी डिएक्टिभ गर्ने गरेको भन्ने सूचना एवं उजूरी प्राप्त भइरहेको छ’, ब्युरोले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

ब्युरोले यस्ता अश्लील र झुक्यानमा पार्ने गतिविधिबाट सचेत हुन र आफ्नो व्यक्तिगत विवरण कसैलाई नदिन नागरिकलाई सूचित गरेको छ।

यस्ता गतिविधि थाहा पाएमा प्रहरीको साइबर ब्युरो वा नजीकको प्रहरी कार्यालयमा सूचना दिन ब्युरोका सूचना अधिकारी नविन्द अर्यालले सबैमा अनुरोध गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .