ad ad

समाज


प्रदेश १ मा २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु, ६५४ संक्रमित थपिए

प्रदेश १ मा २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु,  ६५४ संक्रमित थपिए

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार ८:४०,

पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र ते‍र्‍हथुमका दुई/दुई जना रहेका छन्। योसँगै यो प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा गरिएको एक हजार ६४६ जनाको पीसीआर परीक्षणमा २४१ महिला र ४१३ पुरुष गरी कूल ६५४ जनामा कोरोना संक्रमण पुष्टि भएका छन्। यसरी कोरोना संक्रमण पुष्टि हुनेमा मोरङको विराटनगरका २२५ सहित ३२६, सुनसरीका २०९, झापाका ७४, संखुवासभाका नौ, उदयपुरका चार, भोजपुर, ते‍र्‍हथुम, इलाम र ताप्लेजुङका दुई/दुई जना तथा प्रदेश बाहिरका २४ जना रहेको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या १२ हजार २६९ पुगेको छ। प्रदेशमा पछिल्लो २४ घण्टामा ३२६ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या पाँच हजार ३३९ पुगेको छ। अहिलेसम्म एक लाख ४२ हजार ५२३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .