ad ad

समाज


पर्सामा हतियारसहित चार जना पक्राउ

पर्सामा हतियारसहित चार जना पक्राउ

नेपालखबर
असोज २९, २०७७ बिहिबार ९:८,

प्रहरीले पर्साबाट हतियारसहित चार जनालाई पक्राउ गरेको छ। ठोरी गाउँपालिका–४ औराही खोलाको बगरबाट १ नाल भरुवा बन्दुक, ४ राउण्ड गोली, १ सय ग्राम बारुद र एउटा खुकुरीसहित चार जनालाई बिहीबार बिहान पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा ठोरी गाउँपालिका–४ का ३४ वर्षीय कुमार लामा, ३५ वर्षीय सुन बहादुर लामा, ३२ वर्षीय बाबुराम लामा र २५ वर्षीय अमन लामा रहेका छन्।

उक्त स्थानमा लागूऔषध गाँजा लिएर आउँदै छन् भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनीहरुलाई लुकिछिपि बसेको अवस्थानामा फेला पारेको पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तले बताइन्।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .