ad ad

समाज


दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ११ जनालाई कोरोना

दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित ११ जनालाई कोरोना

नेपालखबर
असोज २४, २०७७ शनिबार ६:२७,

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना रोगको संक्रमण पुष्टि भएको छ।

असोज २१ गते गरिएको स्वाब परीक्षणको नतिजामा गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्यसहित ११ जनामा रोगको संक्रमण भएको नतिजा आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

गाउँपालिकाको अध्यक्ष तामाङले आफू र उपाध्यक्षसहित ११ जनामा संक्रमण भएको नतिजा आएकाले सम्पर्कमा रहेका व्यक्तिहरुलाई सुरक्षित भएर क्वारेन्टिनमा बस्न आग्रह गर्दै स्वाब जाँचको प्रबन्ध मिलाउने जानकारी दिए। अध्यक्ष तामाङको अनुसार कोरोना संक्रमण पुष्टि हुनेमा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, अध्यक्षका सवारीचालक, गाउँपालिकाको कार्यालय सहयोगी, दुई जना एम्बुलेन्स चालक र पाँच जना शिक्षक रहेका छन्।

गएको बुधबार १८ जनाको स्वाब संकलन गरेर पठाएको नमूनामध्ये ११ जनामा रोगको संक्रमण देखिएको स्वास्थ्य शाखाले जनाएको छ। संक्रमणपश्चात गाउँपालिकाले प्रवाह गर्ने सबै सेवाहरु अनिश्चित समयको लागि रोकिएको छ भने गाउँपालिकाको कार्यालय रहेको स्थान समुन्द्रटार बजार ‘सिल’ गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .