ad ad

समाज


सरकारले वार्ता प्रक्रिया लम्ब्याएर डा. केसीको ज्यान लिने नियत राख्यो : केसी पक्ष

सरकारले वार्ता प्रक्रिया लम्ब्याएर डा. केसीको ज्यान लिने नियत राख्यो : केसी पक्ष

नेपालखबर
असोज २४, २०७७ शनिबार ६:६,

सरकारले वार्ता प्रक्रियालाई लम्ब्याएर डा. गोविन्द केसीको ज्यान लिने नियत राखेको डा. केसी पक्षधरहरुको आरोप छ।

शुक्रबार भएको वार्ता विनानिष्कर्ष टुंगिएपछि शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै डा. केसी पक्षधरले सरकार आफैँले गरेको सहमतिबाट पछि हटेको र वार्ता प्रक्रियालाई लम्ब्याइरहेको आरोप लगाएका छन्।

केसी पक्षका वार्ता टोली संयोजक डा‍. जीवन क्षेत्रीले एक विज्ञप्ति जारी गर्दै शुक्रबार रातिको वार्तामा बिहीबार भएको सहमतिभन्दा फरक मस्यौदासहित सरकारी टोली प्रस्तुत भएको बताएका छन्।

‘असोज २३ गते दिनभर सरकारी पक्षले आलटाल गरेर वार्तामा ढिलाइ गर्यो । साँझ ढिलो गरी भएको वार्तामा सरकारी पक्ष २२ गते बनेको मस्यौदामा गम्भीर हेरफेरसहितको नयाँ मस्यौदा लिएर प्रस्तुत भयो’, विज्ञप्तिमा भनिएको छ, ‘ यसबाट राजनीतिक नेतृत्वको गैरजिम्मेवारी र संवेदनहीनता मात्र नभई बेइमानी र वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर डा केसीको ज्यानै लिने नियतसमेत उदांगो भयो।’

डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको भन्दै क्षेत्रीले २२ गते भएको सहमतिलाई मन्त्रिपरिषदबाट पारित गर्न आग्रह गरेका छन्।

‘तत्काल असोज २२ गतेका समझदारीलाई औपचारिकता दिँदै त्यसको कार्यान्वयन  सुनिश्चितताका लागि मन्त्रिपरिषदबाट पारित गर्न सरकारसामू जोडदार माग गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ।

त्यस्तै विज्ञप्तिमा सहमतिका लागि सरकारलाई दबाब दिन देशभर प्रदर्शनका कार्यक्रम सुचारु गर्न तथा काठमाडौंमा आज मध्यान्ह १२ बजे प्रदर्शनका लागि माइतीघर मण्डलामा उपस्थित आग्रह गरिएको छ।

‘सत्याग्रहीको ज्यानै लिने सरकारको हिंस्रक चरित्रविरुद्ध निरन्तर संघर्ष गर्दै नेपालमा लोकतन्त्रको मर्म बचाउन राजनीतिक दलहरुलाई समेत अपिल गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .