ad ad

समाज


कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु

कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु

नेपालखबर
असोज २४, २०७७ शनिबार ४:२५,

कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा बसेका चितवनका एक वृद्धको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका-२० माइली चोकका ६७ वर्षीय एक पुरुषको होमआइसोलेसनमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको हो। क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परीक्षणका क्रममा असोज २१ गते स्वाब परीक्षण गरिएको थियो। दुई दिनपछि आएको रिपोर्टले उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। योसँगै चितवनमा कोरोना सङ्क्रमण पुष्टि भई होम आाइसोलेसनमा रहेका पाँच जनाको मृत्यु भइसकेको छ।

जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या भने योसँगै ३१ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

कार्यालयका अनुसार हालसम्म जिल्लामा दुई हजार ५९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार ५५३ जना निको भएर घर फर्किसकेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .