ad ad

राजनीति


आर्मिनिया र अजरबैजानबीच अस्थायी युद्धविरामको सम्झौता भएको छ।

आर्मिनिया र अजरबैजानबीच अस्थायी युद्धविरामको सम्झौता भएको छ।

नेपालखबर
असोज २४, २०७७ शनिबार ५:१,

विवादित नागोर्नो–काराबाख क्षेत्रको स्वामित्वको विषयलाई लिएर केही समययता आर्मिनिया र अजरबैजानका सेनाबीच भिडन्त हुँदै आएको थियो।

दुवै देश युद्धविराम गर्न सहमत भएको रुसका विदेशमन्त्री सर्गी लाभरोभले जानकारी दिएका हुन्।

रुसी मध्यस्थतामा मस्कोमा दश घण्टा भएको वार्तापछि दुवै देश युद्धविराम गर्न सहमत भएका हुन्।

यससँगै दुवै देशले हालैको यद्धमा मारिएका आफ्ना सेनाको शव बुझ्नेछन् र युद्धका क्रममा बनाइएका बन्दी छाडिनेछ।

लाभरोभका अनुसार अब शान्ति स्थापनाको लागि दुवै देशबीच थप छलफलहरु अगाडि बढाइनेछ।

दुईहप्ता अगाडिदेखि दुवै देश युद्धमा उत्रिएका थिए। नागोर्नो–काराबाख क्षेत्रमा युद्ध सुरुवात भएपछि पहिलोपटक आर्मिनिया र अजरबैजान मस्कोमा औपचारिक छलफल गर्न तयार भएका थिए।

२७ सेप्टेम्बरबाट सुरुवात भएको उक्त युद्धका क्रममा ३ सयजनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .