चितवनमा मंगलबार साँझ थप दुई कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ।
चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर-१० का ६१ वर्षीय पुरुषको साँझ साढे ६ बजे मृत्यु भएको हो।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालले ती पुरुषको आजै साँझ ६ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिए। उनी यही असोज ८ गते मधुमेह र उच्च रक्तचापको समस्या भएपछि अस्पताल भर्ना भएका थिए।
त्यसैगरी मंगलबार साँझ पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत राप्ती नगरपालिका-९ का ८१ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ।
असोज १८ गते पिसिआरका लागि स्वाब दिएर घरमै बसेका ती पुरुष साँझ ६ बजे अस्पताल पुगेका थिए। श्वासप्रश्वासको समस्या देखिएका उनको ६ः३० बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
उनको साँझ ७ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको हो।
3
Shares
प्रतिक्रिया