ad ad

समाज


२४ घण्टामा १५ सय ५१ संक्रमित थपिए, २३ सय ४० निको भए

२४ घण्टामा १५ सय ५१ संक्रमित थपिए, २३ सय ४० निको भए

नेपालखबर
असोज २०, २०७७ मंगलबार १०:३८,

 नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ५५१ जनामा कोरोना भाइरसको संक्रमण भएको बताए।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ।

त्यतै देशभरमा संस्स्थागत आइसोलेसनमा ९ हजार ११८ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा थप ११ हजार ४७ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको संख्या १० लाख ९९ हजार २७६ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप जना २ हजार ३४० कोरोना संक्रमणबाट निको भएका छन्। योसँगै निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ।

यो कूल संक्रमितको ७४.३ प्रतिशत हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .