ad ad

समाज


खोलाले बगाएर बेपत्ता पाँच आमा-छोराछोरी अझै भेटिएनन्

खोलाले बगाएर बेपत्ता पाँच आमा-छोराछोरी अझै भेटिएनन्

गोकुल जोशी
असोज २०, २०७७ मंगलबार ३:४,

बाजुराको हिमाली गाउँपालिका-५ मा खोलाले बगाएर बेपत्ता एकै परिवारका पाँच जना अझै भेटिएका छैनन्।

गत शुक्रबार दिउँसो स्थानीय कबाडी खोलाले बगाएर सत्ता नेपालीसहित उनका चार छोराछोरी बेपत्ता छन्।

तर पाँच दिन भइसक्दा पनि उनीहरुको अवस्था पत्ता लाग्न नसकेकाे प्रहरीले जनाएकाे छ। 

नेपाली सेना, शसस्त्र तथा जनपद प्रहरीले खोजी गरिरहेकाे बाजुरा जिल्ला प्रहरी कार्यालयका डीएसपी मदनजित महराले बताए।

उनका अनुसार ३० वर्षीया सत्ता नेपाली, उनका ५ वर्षीया छोरी आरती, ४ वर्षीया छोरी सन्तोषी, २ वर्षीय छोरा सम्मान नेपाली र १ वर्षीया छोरी किस्मतीलाई खाेलाले बगाएर बेपत्ता बनाएकाे हाे।

स्थानीय कबाडी खोलानजिकै घर भएकी सत्ता नेपालीको परिवारमा कलह रहेकाले उनले छोराछोरीसहित खोलामा हाम फालेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

बेपत्ता उनीहरुको खोजीका लागि गोताखाेर ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .