ad ad

समाज


यस्तो छ कोरोनाबाट दुई पटक थला परेका व्यक्तिको अनुभव

यस्तो छ कोरोनाबाट दुई पटक थला परेका व्यक्तिको अनुभव

नेपालखबर
असोज १९, २०७७ सोमबार १५:४३,

जोर्डन जोजीलाई पहिलो पटक मार्चको मध्यमा कोरोना भाइरस संक्रमण भयो। अमेरिकाको जर्जिया राज्यस्थित मेकनका यी २९ वर्षीय वकिल अप्रिलको मध्यसम्म बिरामी नै थिए। मार्च लागेपछि उनी निको भए, उनको स्फूर्ति पुनः फर्कियो।

१८ मेमा उनले प्लाज्मा दान पनि गरे। त्यसको दुई सातापछि रगतमा एन्टिबडी देखिएको रिपोर्ट उनले प्राप्त गरे। त्यहीबेला स्वाब परीक्षण गराउँदा भने उनलाई कोरोना संक्रमण देखिएन।

दैनिकी पुनः सामान्य बन्न थालेको महसुस उनले गरे। जुन महिनाको अन्त्यतिर उनी जगिङ जान थाले। त्यसपछि उनी साउथ क्यारोलिनामा रहेको आफ्नो परिवारकहाँ गए। त्यहाँ उनले टेनिस खेले, डुंगा चढेर ताल सयर गरे।

तर, अचानक उनी पुनः बिरामी परे। कोभिड–१९ कै लक्षण देखियो। जुलाईको सुरुमा उनी थला परे। परीक्षणमा कोरोना पोजिटिभ देखियो।

दोस्रो चरणको संक्रमणका कारण उनी एक महिना पूरै थला परे। पहिलो पटकको संक्रमण नै निको भएको थिएन वा दोस्रो पटक पुनः संक्रमण भएको हो, उनी र उनको डाक्टर दुवैलाई थाहा छैन।

तर, जे भएपनि कोभिड–१९ का कारण उनी दोस्रो पटक थला परे। उनलाई पुनः श्वास लिन कठिन भयो। तर, यसपटक उनलाई देखिएका केही लक्षण पहिलो पटकको भन्दा फरक थिए। उनलाई चरम थकान महसुस भयो। उनलाई भोक लाग्न छाड्यो, तौल घट्यो।

‘म एक तला भ¥याङ चढ्न पनि नसक्ने भएँ,’ उनी भन्छन्।

उनले ६ साता क्वारेन्टिनमा बिताए। भाग्यवश परीक्षणअघि उनको सम्पर्कमा आएका पन्ध्रबीस जनामा संक्रमण देखिएन।

उनले ओछ्यानमा पल्टेर ल्यापटपमा केही काम गरिरहे।

‘तर, उभिएर गर्नुपर्ने काम भए मैले जागिर गुमाइसक्थेँ,’ उनले भने।

तर, उनका जटिलता थपिँदै गए। उनलाई एन्टिन्युक्लियर एन्टिबडी पोजिटिभ देखियो, जुन प्रायः लुपस रोगसँग सम्बन्धित हुन्छ। बाहिरबाटै देखिनेगरी उनको घाँटीवरिपरि सुन्नियो। उनको फोक्सोमा क्षति त देखिएको छैन तर अझै पनि उनी लामो श्वास लिन सक्दैनन्।

‘जुलाईमा त म बोल्दा पनि थाक्थेँ। श्वास छोटो हुने समस्या कम गर्न म अझै औषधि खाइरहेको छु,’ उनी भन्छन्।

jordan-josey-exlarge-168.jpg

कुनैकुनै भाइरस शरीरमा सुषुप्त रुपमा बस्ने र पछि पुनः सक्रिय हुने गर्छन्। उदाहरणका लागि भेरिसेला जोस्टर भाइरसका कारण केटाकेटीलाई ठेउला आउँछ। त्यसपछि निष्क्रिय बनेको भाइरस व्यक्ति वयष्क बनिसकेपछि पुनः सक्रिय हुनसक्छ। त्यसबेला ती व्यक्तिलाई दाद आउँछ।

तर, कोरोनाभाइरस परिवारका सार्स, मर्सजस्ता भाइरसले यस्तो गरेको देखिँदैन। त्यसैले कोभिड–१९ को कारक सार्स–कोभ–२ भाइरस पुराना बिरामीमा पुनः सक्रिय हुने सम्भावना न्यून छ।

‘तथापि त्यो सम्भावनालाई पूरै नकार्न भने सकिँदैन। किनभने यसमा भर्खर अध्ययन हुँदैछ,’ युनिभर्सिटी अफ मिनोसेटा मेडिकल स्कुलकी प्राध्यापक डा. सुसन क्लाइन भन्छिन्।

हाल अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले एक पटक कोरोना पोजिटिभ देखिएको व्यक्तिले लक्षण नदेखिएम्म अर्को पटक परीक्षण गर्नु नपर्ने र क्वारेन्टिनमा बस्नु नपर्ने बताएको छ। संक्रमणपछि एन्टिबडी लामो समय नटिक्ने प्रमाण फेला परेपछि सीडीसीले यस्तो मार्गनिर्देशन दिएको हो। सीएनएनबाट

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .