ad ad

कारोबार


अब आफ्नै खाता रहेको बैंकबाट पाइन्छ दशैँको लागि नयाँ नोट

अब आफ्नै खाता रहेको बैंकबाट पाइन्छ दशैँको लागि नयाँ नोट

नेपालखबर
असोज १९, २०७७ सोमबार १५:५६,

अब दशैँका लागि नयाँ नोट चाहिए नेपाल राष्ट्र बैंकमै लाइन लाग्नुपर्ने झण्झट हट्ने भएको छ। राष्ट्र बैंकले आफ्नै खाता रहेको बैंकबाट नयाँ नोट पाइने व्यवस्था मिलाउने भएको छ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार आफ्नो खाता भएको बैंकमा गएर नयाँ नोट सटही गर्न सक्ने व्यवस्था मिलाउन लागिएको उनले जानकारी दिए।

उनले भने, ‘कारोना संक्रमणको कारणले नयाँ नोट वितरण गर्ने वा नगर्ने विषमा छलफल हुँदा बैंक मार्फत विरतण गर्दा सबै भन्दा उचित देखिएकोले यो व्यवस्था मिलाउन लागिएको हो।’

दशैँको लागि राष्ट्र बैंकले नै ५ , १०, २०, ५० र १०० दरको नोट सटही वितरण गर्ने चलन छ। तर यो वर्ष भने कोरोना संक्रमणको नेपाल राष्ट्र बैंक आफैँले नयाँ नोट वितरण गर्ने भएको छ।

नयाँ नोट सटहीको व्यवस्था अब बैंकहरुले गर्ने भएका छन्। बैंकहरुले निश्चित रकम सटहीको व्यवस्था गर्ने राष्ट्र बैंकले जनाएको छ।

गतवर्ष राष्ट्र बैंकले प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० दरको नोट प्रक्रि व्यक्रि अधिकतम १८ हजार ५ सय रुपैयाँ वितरण गरेको थियो।

उपत्यकामा नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यलय र कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकको कार्यालयहरुबा वितरण हुँदै आएको थियो भने नेपालगञ्ज, पोखरा, धनगढी, विराटनगर, वीरगञ्ज, सिद्धार्थनगर र जनकपुर लगायतका शाखा कार्यालयबाट नोट साट्ने व्यवस्था मिलाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .