विश्वकै तेस्रो धनाढ्य व्यक्ति मस्कले एक अन्तर्वार्ताको क्रममा उपलब्ध भएपनि ‘कोभिड १९’ को खोप नलगाउने बताएको सीएनएनले जनाएको छ।
न्युयोर्क टाइम्सको पोडकास्टमा मस्कले भनेका छन्,‘म कोरोनाको जोखिममा छैन्, मेरा छोराछोरी पनि जोखिममा छैनन्।’
यसअघि कोरोना प्रकोपबीच काममा आउन नचाहनले कामदारलाई आफुले छुट्टी दिने मस्कले बताएका थिए।
मस्कले कोरोनाको खतरालाई नजरअन्दाज गरेको विषयमा अर्का चर्चित धनाढ्य बिल गेट्स भन्छन्,‘मस्क खोपमा बढी संलग्न छैनन्। उनी ठूला कारहरु बनाउँछन्, रकेट बनाउँछन्।’
प्रतिक्रिया