ad ad

समाज


उपत्यकामा चाडपर्व लक्षित ‘सेफ्टी पिन अभियान’ का प्रहरी परिचालन

उपत्यकामा चाडपर्व लक्षित ‘सेफ्टी पिन अभियान’ का प्रहरी परिचालन

नेपालखबर
असोज १३, २०७७ मंगलबार १२:२८,

नेपाल प्रहरीले नजिकिँदै गरेका ठूला चाडपर्वलाई लक्षित गरी सुरक्षा योजना तयार गरेको छ। उपत्यकाका बढी भिडभाड हुने क्षेत्रहरू व्यापारिक, आर्थिक, तथा वित्तिय क्षेत्रहरूमा सेफ्टी पिन अभियान अन्तर्गत प्रहरीहरूलाई सादा पोशाकमा खटाउन थालिएको छ।

मंगलबार महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले अभियान अन्तर्गत खटिएको प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएर परिचालन गरेका हुन्।

यस्ता जनशक्तिलाई सार्वजनिक सवारी साधन र सार्वजनिक स्थानहरूमा महिला माथि हुने यौनजन्य दुर्वव्यवहार न्यूनिकरणको लागी खटाइएको थियो।

हाल सार्वजनिक यातायात सञ्चालन भएता पनि भिडभाड नहुने तर व्यापारिक क्षेत्रहरूमा भिडभाड बढेकाले सो जनशक्तिलाई त्यस्ता क्षेत्रहरूमा परिचाल गरिएको डीआईजी पोख्रेलले बताए।

safty-pin-van.jpg

सेफ्टी पिन अभियान अन्तर्गत खटिएको प्रहरी कर्मचारीले सार्वजनिक स्थानमा महिलामाथि हुने यौनजन्य दुव्र्यवहारलाई नियन्त्रण गर्नुका साथै चोरी, ठगी तथा पाकेटमारी समेतलाई नियन्त्रण गर्ने छ।

लकडाउन खुलेसँगै महिला तथा वालबालिकाविरूद्ध हुने विभिन्न खाले यौन तथा लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि महिला प्रहरी निरीक्षक सहितको पुलिस मोवाइल भ्यान पनि २४ सै घण्टा उपत्यकामा परिचालन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .