ad ad

समाज


उपत्यकामा थपिए ६७४ कोरोना संक्रमित

उपत्यकामा थपिए ६७४ कोरोना संक्रमित

नेपालखबर
असोज ५, २०७७ सोमबार ११:९,

सोमबार काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा संक्रमण देखिएको छ।

सोमबार ३ महिला र १३ पुरुष गरी १६ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।

आज १ हजार १ सय ५४ जनामा संक्रमण देखिएको छ। ९ हजार ५ सय ३३ पीसीआर परीक्षण भएकोमा ४ सय १८ महिला र ७ सय ३६ जना पुरुषमा संक्रमण देखिएको छ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ। संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ६९, प्रदेश नम्बर २ मा ८ सय २५, बागमती प्रदेशमा ५ हजार २ सय १८ र गण्डकी प्रदेशमा ६ सय ५४ जना संक्रमित रहेका छन्। यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय १७, कर्णाली प्रदेशमा २ सय ८९ र सुदूरपश्चिम प्रदेशमा ४ सय ४९ गरी देशभरी संस्थागत आइसोलेसनमा ८ हजार ९ सय २१ जना रहेका छन्।

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ३ सय १५, प्रदेश नम्बर २ मा ९ सय ९८, बागमती प्रदेशमा ४ हजा ९ सय ६१ र गण्डकी प्रदेशमा २ सय ८६ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ५९, कर्णाली प्रदेशमा १ सय ८३ र सुदूरपश्चिम प्रदेशमा १ सय ८८ गरी देशभरी ८ हजार ६ सय ९० जना होम आइसोलेसनमा रहेका छन्। आज आइसियुमा १ सय ९६ र भेन्टिलेटरमा ३१ जना उपचाररत रहेका छन्।

आज देशभरी १ हजार ५ जना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेश नम्बर १ मा ४ हजार २ सय ३७, प्रदेश नम्बर २ मा १२ हजार ३ सय ८९, बागमती प्रदेशमा ११ हजार ३ सय ९६ र गण्डकी प्रदेशमा २ हजार ७ सय ९५ जना डिस्चार्ज भएका छन्। यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ४ सय ३७, कर्णाली प्रदेशमा २ हजार ७ सय ३० र सुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय ५४ गरी आजसम्म ४७ हजार २ सय ३८ जना संक्रमित डिस्चार्ज भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .