ad ad

राजनीति


राष्ट्रिय सभामा वामदेव गौतमको नियुक्तिबिरुद्ध सर्वोच्चमा रिट

राष्ट्रिय सभामा वामदेव गौतमको नियुक्तिबिरुद्ध सर्वोच्चमा रिट

नेपालखबर
असोज ५, २०७७ सोमबार ११:७,

सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभा सदस्यमा गरिएको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ।

अधिवक्ता दिनेश त्रिपाठीले गौतमको नियुक्तिबिरुद्ध सोमबार सर्वोच्चमा रिट दर्ता गरेका हुन्।

बर्दियाबाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भए पनि सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा मनोनित गरेको भन्दै त्रिपाठीले आइतबार रिट पेश गरेका थिए।

गौतमलाई सिफारिस गर्ने निर्णय बदर गर्न र उनलाई सांसदको हैसियतमा काम कारबाही गर्न रोक लगाउन माग गरेको त्रिपाठीले बताए।

उनको निवेदनमाथि सुनुवाईका लागि सर्वोच्चले बुधबार पेशी तोकेको छ।

गौतमलाई मन्त्री बनाउने कि नबनाउने भन्ने विषयमा नेकपाभित्र छलफल चलिरहेका बेला उनलाई सांसद नै नबनाउन माग गरिएको हो। राष्ट्रिय सभामा सरकारले कस्ता व्यक्ति मनोनित गर्ने भन्ने विषयमा प्रष्ट मापदण्डसमेत जारी गर्न त्रिपाठीले माग गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा गौतमलाई असोज १ गते राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन्।

मनोनित भएकै दिन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौतमलाई पथ तथा गोपनीयताको सपथ गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .