ad ad

समाज


कोरोना महामारीः फिलिपिन्सका राष्ट्रपतिद्धारा संकटकाल एक वर्ष थप

कोरोना महामारीः फिलिपिन्सका राष्ट्रपतिद्धारा संकटकाल एक वर्ष थप

नेपालखबर
असोज ३, २०७७ शनिबार ९:१९,

कोरोना भाइरसको महामारीलाई कारण देखाउदै उनले अर्को वर्ष सन् २०२१ को सेप्टेम्बरसम्म कायम रहने गरी संकटकाल घोषणा गरेका हुन्।

यसअघि गत मध्य मार्चमा छ महिनाका लागि मात्रै संकटकाल घोषणा गरिएको थियो। तर कोरोना महामारी नियन्त्रणमा नआएकाले एक बर्षका लागि लम्ब्याइएको सरकारी अधिकारीहरुको भनाई छ।

फिलिपिन्समा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको तथ्यांकहरुले देखाएका छन्।

महामारीबाट भइरहेको मानवीय क्षति न्युनिकरणका लागि भन्दै फिलिपिन्समा संकटकाल घोषणा गरिएको हो। राष्ट्रपतिका प्रवक्ता ह्यारी रोक्युले सवै समाधिस्थलहरु यही अक्टोबर २९ देखि नोभेम्बर ४ तारिखसम्म बन्द रहने पनि जानकारी दिए।

फिलिपिन्समा पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरसबाट तीन हजार २५७ जना सङ्क्रमित भएका छन्। योसँगै कुल सङ्क्रमितको संख्या झण्डै दुई लाख ८० हजार पुगेको छ। ती मध्ये दुई लाख आठ हजार ७९० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।

त्यसैगरी कोरोना भाइरसकै कारण फिलिपिन्समा अहिलेसम्म कुल मृतकको संख्या चार हजार ८३० पुगेको पनि अधिकारीहरुले जनाएका छन्। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .