ad ad

समाज


कोरोनाको दोस्रो लहर आएको भन्दै कडा प्रतिबन्ध लगाउने पक्षमा बेलायती प्रधानमन्त्री

कोरोनाको दोस्रो लहर आएको भन्दै कडा प्रतिबन्ध लगाउने पक्षमा बेलायती प्रधानमन्त्री

नेपालखबर
असोज ३, २०७७ शनिबार ८:२५,

उनले शुक्रबार सो विषयमा सार्वजनिक जानकारी नै दिएको हुन्। उनले भनेका छन्,‘अहिलेको अवस्थामा नै हामीले दोस्रो लहरको महसुस गरिसकेका छौँ र हामीलाई लाग्छ हामीले अब सामाजिक दुरी कायम गर्नुपर्ने अलिक कडा खालका प्रतिबन्धहरु पनि लगाउनुपर्ने हुनसक्छ।’

बेलायतको स्वास्थ्य तथा सामाजिक व्यवस्था मन्त्रालयले पनि यस विषयमा जानकारी दिएको छ। सो विभागले केही हप्तायताको अवस्था निकै नै नाजुक बन्दै गएको बताएको छ।

मन्त्रालयले गएको २४ घन्टा यता यहाँ ४ हजार ३२२ जना सङ्क्रमित भेटिएको जनाएको छ। यो संख्या गएको मे महिनापछिकै एकै दिनमा देखा परेको सबैभन्दा ठूलो संख्या हो।

यसअघि नै बेलायती वरिष्ठ चिकित्सक तथा वैज्ञानिकहरूले प्रधानमन्त्री बोरिस जोन्सनलाई यो वर्ष जाडोयाममा कोरोना भाइरसको दोस्रो लहर आउन सक्ने बताएका थिए।

उनीहरुले यहाँ दोस्रो पटक भाइरसको वेभ आउन सक्ने भन्दै त्यस खतरासँग जुध्नका लागि आवश्यक तयारीका साथ बस्न भनेका हालै बताइएको थियो।

बेलायत सरकारद्वारा गठित एउटा वैज्ञानिक समितिले बेलायतमा आउँदो जाडोयाममा कोरोना भाइरसका कारण स्थिति झन् भयावह हुने चेतावनी दिएको समाचारमा जनाइएको थियो।

तर कतिपयले भने गत महिनामात्र सार्वजनिक भएको सो प्रतिवेदनको अनुमान विश्वास गर्न नसकिने खालका रहेको र यसले पहिलो सङ्क्रमण लहरबाट पहिलेको भन्दा बढी असर नगर्ने जनाएका थिए।

प्रधानमन्त्री जोन्सनले भने,‘यो अवस्था निकै नै खराब हो र अब यो दोस्रो पटक आएको लहरको नियन्त्रणका लागि हालको भन्दा कडा अवस्थाको प्रतिबन्धहरु लगाउनुपर्ने हुनसक्छ।’ रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .