ad ad

राजनीति


स्वास्थ्यमा सुधार आएपछि कांग्रेस महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज

स्वास्थ्यमा सुधार आएपछि कांग्रेस महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज

नेपालखबर
असोज ३, २०७७ शनिबार ८:२९,

 कोरोना पोजिटिभसँगै स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका कांग्रेस महामन्त्री शशांक कोइराला अस्पतालबाट  डिस्चार्ज भएका छन्।

स्वास्थ्यमा सुधार आएसँगै पाँच दिनदेखि काठमाडौँको चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका  कोइराला शनिबार डिस्चार्ज भएका हुन्। 

स्वास्थ्यमा सुधार आएपछि डाक्टरसँगको परामर्शमै  डिस्चार्ज भएको र घरमै केही दिन आइसोलेसनमा बस्ने  कोइरालाले जानकारी दिएका  छन्।

‘मेरो स्वास्थ्यस्थितिमा क्रमिक सुधार आएसँगै आजै ओम अस्पतालबाट डिस्चार्ज भएको छु। चिकित्सकको सल्लाह बमोजिम अब केही दिन होम आइसोलेशनमै रहने छु’, महामन्त्री कोइरालाले भने।

डिस्चार्जपछि महामन्त्री कोइरालाले आफ्नो स्वास्थ्यका बारेमा चासो राख्ने सबैलाई धन्यवाद दिएका छन्।

डिस्चार्जपछि अहिले उनी घरमै आराम गरिरहेको र उनको केही दिनमै पुनः कोरोना परीक्षण गरिने उनका सहयोगी भरत तिवारीले जानकारी दिए।

कोरोना संक्रमण रहिरहेकै बेला मंगलबार साँझ एक्कासी ज्वरो आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। 

उनलाई आईसीयूमा राखेर उपचार गरिएको र रेम्डिसिभिर औषधि चलाएको अस्पताल स्रोतले जनाएको थियो।

महामन्त्री कोइरालाको उपचारमा ओम अस्पतालका डाइरेक्टर समेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा विश्वनाथ कोइरालाको नेतृत्वमा सिनियर कन्सल्ट्यान्ट इन्टेन्सिभिस्ट डा‍ सुवोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिस्ट डा प्रमोद सुन्दर श्रेष्ठ लगायतको टिम संलग्न थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .