ad ad

समाज


आज कोरोना पुष्टि भएका व्यक्ति सबैभन्दा बढी काठमाडौँ र चितवनका, कहाँ कति थपिए?

आज कोरोना पुष्टि भएका व्यक्ति सबैभन्दा बढी काठमाडौँ र चितवनका, कहाँ कति थपिए?

नेपालखबर
असोज २, २०७७ शुक्रबार ११:१५,

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमाडौँमा ६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा पुष्टि भएका २ हजार २० कोरोना संक्रमितमा सबैभन्दा बढी उपत्यकाका ८५९ जना रेहका छन्।

जिल्लागत हिसाबले काठमाडौँपछि सबैभन्दा बढी चितवनमा १९१ जनाका कोरोना पुष्टि भएको छ। त्यस्तै बढी संक्रमित थपिने जिल्लामा मोरङमा ११८, सुर्खेत ११७, कास्की ८६, रुपन्देही ८६ भक्तपुर ८२ र ललितपुर ७९ जना रहेका छन्।

पछिल्लो समय कोरोनको केन्द्र बागमती प्रदेश बन्दै गएको छ। बागमतीका उपत्यकाका तीन जिल्लाका साथै चितवन र मकवानपुरमा संक्रमितको संख्या बढ्दै गएको मन्त्रालयको तथ्यांकले देखाएको छ। त्यस्तै गण्डकी प्रदेशको पोखरा र प्रदेश १ को मोरङमा पनि संक्रमितको संख्या बढ्दै गएको छ।

हेरौँ कहाँ कति थपिए?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .