ad ad

समाज


कैलालीकी एक महिला पत्रकार जंगलमा मृत भेटिइन्

कैलालीकी एक महिला पत्रकार जंगलमा मृत भेटिइन्

गोकुल जोशी
असोज २, २०७७ शुक्रबार ११:१,

कैलालीमा कार्यरत एक जना महिला पत्रकार शुक्रवार दिउँसो मृत अवस्थामा भेटिएकी छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–४ घर भएकी २४ वर्षीय निर्मला पहराई जंगलमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलाली डिएसपी प्रतिक बिष्टले बताए। उनका अनुसार पत्रकार पहराई घोडाघोडी नगरपालिका–५ को फुलबारी सामुदायिक वनमा रूखमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन्।

‘जंगलमा रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको छ। अहिले प्रहरी टोली घटनास्थलमा छ। शवको पोष्टमार्टमका लागि अस्पताल ल्याउने तयारी भइरहेको छ’ डिएसपी बिष्टले नेपालखबरसँग भने, ‘घटनाको अनुसन्धान भइरहेको छ।’

घोडाघोडी नगरपालिकाको सुखडस्थित कैलाली एफएममा कार्यरत पहराई भाद्र ३१ गतेदेखि घरबाट सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .