ad ad

समाज


सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

गोकुल जोशी
भदौ ३१, २०७७ बुधबार १४:४६,

कैलालीको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका– ५ की ५७ वर्षीया महिलाको बुधवार बेलुका मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पुष्टि गरे। मृतक संक्रमितमा कोरोनाको कडा लक्षण देखिएको थियो।

भाद्र १७ गते कोरोना पुष्टि भएकी ती संक्रमितको स्वास्थ्यमा गम्भीर समस्या आएपछि भाद्र १९ गतेदेखि सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

‘प्लाज्मा थेरापी विधीबाट समेत संक्रमितको उपचार भइरहेको थियो। यद्यपी बचाउन सकिएन’ अस्पताल सूचना अधिकारी श्रेष्ठले नेपालखबरसँग भने, ‘उहाँ लामो समयदेखि डायबिटिजको समस्याबाट पनि ग्रसित हुनुहुन्थ्यो।’

मृतक संक्रमितको भोलि नेपाली सेनाले शव व्यवस्थापन गर्ने छ।

यो सँगै सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .