उनले वन व्यवस्थापकको कमजोर व्यवस्थापनका कारण आगलागी भएको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्रकारले जलवायु परिवर्तन र आगलागी सम्बन्धित भएको बताएका थिए।
अमेरिकामा आगलागीको वैज्ञानिक कारण जलवायु परिवर्तन हुनु र विश्वको तापक्रम बढ्नु रहेको विज्ञहरुले बताइरहँदा ट्रम्पले उत्तरमा भनेका छन्,‘विज्ञानलाई ग्लोबल वार्मिङबारे थाहा छ जस्तो मलाई लाग्दैन।’
विज्ञानलाई बेवास्ता गर्न नहुने प्रसंगमा उनले भनेका छन्,‘अब चाँडै चिसो सुरु हुनेछ, हेर्दै जानु।’
ट्रम्पले भीषण आगलागी हुनुमा कुनै वैज्ञानिक कारण नभएको बताउँदै यो विषयमा वन व्यवस्थापकको कमजोरी भएको दोहोर्याउँदै आएका छन्।
केही समययता क्यालिफोर्निया, आरेगन र वासिङ्टनमा जारी आगलागीले हालसम्म २० लाख हेक्टर जमीन डढिसकेको छ।
आगलागीका कारण हालसम्म ३६ को ज्यान गइसकेको छ। बीबीसी
प्रतिक्रिया