उदयपुरमा श्रीमतीमाथि बन्चरो प्रहार गरेर भागेका अभियुक्त जंगलबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका ३ ठाडिटोलमा ४१ वर्षीय पारस सिंहले श्रीमतीलाई बन्चरो प्रहार गरेर भागेका थिए।
बन्चरो प्रहारबाट ३१ वर्षीया मिना खत्री गम्भीर घाइते भएकी छन्। उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको छ।
श्रीमतीलाई बन्चरो हानेर भागेका पारसलाई भने जंगलमा लुकेको अवस्थामा प्रहरीले मंगलबार नै पक्राउ गरेको छ।
उनलार्ई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याएर थप अनुसन्धान सुरु गरेको छ।
प्रतिक्रिया