प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीका पूर्व अध्यक्ष भैरव मजगैयाको आज निधन भएको छ।
तुलसीपुर उपमहानगरपालिका–१८ विजौरी निवासी मजगैयाको आज बिहान ७७ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको पारिवारले जनाएको छ।
मजगैयाको शिक्षा क्षेत्रमा पनि योगदान रहेको छ। उनी महेन्द्र बहुमुखी क्याम्पसको पूर्व प्रमुखसमेत रहेको स्थानीयवासी राकेश बस्नेतले बताए।
क्याम्पसबाट सेवा निवृत्त भएपछि समाजिक संघसंस्थामा पनि सक्रिय मजगैया बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पूर्वाध्यक्षसमेत थिए।
उनको निधनप्रति तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले दुःख व्यक्त गरेका छन्। पाण्डेले एक शोक वक्तब्य जारी गरी मजगैयाको निधनले अपूरणीय क्षति पुगेका बताए। रासस
प्रतिक्रिया