ad ad

राजनीति


भारतले नेपाललाई दियो कोरोना उपचारका लागि दुई हजार डाेज औषधि

भारतले नेपाललाई दियो कोरोना उपचारका लागि दुई हजार डाेज औषधि

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार ९:२४,

भारतले कोरोना संक्रमितको उपचारमा प्रयोग हुदै आएको रेम्डिसिभिरको २ हजार डोज औषधि नेपाललाई उपलब्ध गराएको छ।

आज मंगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत वियनमोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सो औषधि हस्तान्तरण गरेका हुन्।

परराष्ट्र मन्त्रालयले सो औषधि भारतबाट उपहारको रुपमा प्राप्त भएको जनाएको छ।

भारतीय दुतावासका अनुसार कोभिड–१९ महामारीका चुनौति सामना गर्न भारतले नेपाललाई दिँदै आएको सहयोगको निरन्तरताको रुपमा यो सहयोग जारी राखिएको जनाएको छ।

यसअघि बैशाख १० मा भारत सरकारले प्यारासिटामोल, हाइड्रोक्लोरोक्विनलगायत अन्य औषधि र जेठ ४ गते पिसिआर टेष्ट किट्स लगायत स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो।

यसअघि बंगलादेशले नेपाललाई ५ हजार डोज रेम्डिसिभिर उपलब्ध गराएको थियो।

नेपालले भारत र बंगलादेशलाई दुई–दुई हजार डोज औषधि उपलब्ध गराउन आग्रह गर्दै पत्रचार गरेको थियो।

VinayKwatra and MinisterGyawali

अनुसन्धानको तेस्रो चरणमा रहेको यो औषधि परीक्षणका रुपमा नेपाली अस्पतालहरुमा प्रयोग गरिदै आएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धानका लागि यो औषधि विभिन्न अस्पतालहरुलाई उपलब्ध गराएको छ।

अक्सिजन थेरापीमा रहेका मध्यमदेखि गम्भीर प्रकृतिका विरामीहरुको उपचारमा यो औषधि प्रभावकारी मानिएको छ।

चिकित्सकहरुको अध्ययनअनुसार यो औषधिको प्रयोगले कोरोना संक्रमितहरुको अस्पताल बसाइ अवधि र रोग निको हुने समयलाई घटाउन सहयोगी भएको पाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .