ad ad

समाज


इन्जिनियरको अवैध आम्दानी १६ करोड ७२ लाख, लुकाउन सहयोग गर्ने १२ आफन्त विरुद्ध पनि मुद्दा

इन्जिनियरको अवैध आम्दानी १६ करोड ७२ लाख, लुकाउन सहयोग गर्ने १२ आफन्त विरुद्ध पनि मुद्दा

नेपालखबर
भदौ २५, २०७७ बिहिबार १२:३२,

संघीय आयोजना कार्यान्वयन इकाई, बिराटनगरका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर काशी प्रसाद गुप्तासमेत १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु उपर बिगो रु १६ करोड ७२ लाख ५६ हजार ४९६रुपैयाँ ८६ पैसा कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा बिहीबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।

सीडीई काशी प्रसाद गुप्ताले मिति २०३८।०९।१२ मा ओभरसियर पदबाट सार्वजनिक सेवामा प्रवेश गरी मिति २०७६।०३।०५ मा सीडीई पदबाट अवकाश भएको अवधिसम्म सो रकम गैरकानुनी रुपमा आर्जन गरेको अख्तियारले जनाएको छ।

गुप्ताले पदीय हैसियतको दुरूपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको जान्दाजान्दै त्यस्तो सम्पत्ति लुकाउने छिपाउने तथा दुरूपयोग गर्ने एवं भोग चलन गर्ने उद्देश्यले त्यस्तो सम्पत्तिलाई अवैध रूपमा लुकाउन छिपाउन सहयोग गरेको आरोपमा उनका १२ जना आफन्तविरुद्ध पनि मुद्दा चलाइएको छ।

गुप्ताले आफन्तहरु अन्जु कुमारी महतो, उदित नारायण प्रसाद रौनियार, चन्देश्वर महतो, धिरज कुमार गुप्ता, प्रिति कुमारी गुप्ता, डा. रचना प्रसाद शाह, विकास प्रसाद गुप्ता, विनय कुमार सिंह, विभा रानी, संगिता साह रौनियार र सन्तोष कुमार गुप्ताको नाममा खाता खोली १० करोड ४४ लाख ४३ हजार ७८३ रुपैयाँ ९८ पैसा लुकाई छिपाई राखेको अख्तियारको ठहर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .