ad ad

समाज


धनुषामा कोरोना संक्रमणबाट भारतीय नागरिकको मृत्यु

धनुषामा कोरोना संक्रमणबाट भारतीय नागरिकको मृत्यु

शैलेन्द्र महतो
भदौ १९, २०७७ शुक्रबार ७:१९,

धनुषामा कोरोना संक्रमणबाट एक भारतीय नागरिकको मृत्यु भएको छ।

क्षिरेश्वरनाथ नगरपालिका ३ रमदैयास्थित लोमस प्यारेन्टल एन्ड फोर्मुलेसन प्रालिमा कार्यरत भारतीय मजदुरको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

ज्वरो र झाडापखाला लागेका भारत आन्ध्र प्रदेशका ६५ वर्षीय पुरुष कम्पनीमै बिहीबार बिहान सुतेको ठाउँमा मृत अवस्थामा भेटिएका थिए। कोरोनाबाट मृत्यु भएको हुन सक्ने आशंकामा उनको स्वाब संकलन गरिएको थियो।

उनको स्वाब रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए। स्वाब रिपोर्ट आए लगतै नेपाली सेनाले उनको शवलाई व्यवस्थापन गरेको समेत उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .