चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका ११ की ४० वर्षीया महिला छिन्।
अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्रा.डा.हरिशचन्द्र न्यौपानेका अनुसार यही भदौ ५ गते स्वास लिन समस्या भएपछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो।
उनमा भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। बुधबार राति १२ः४० बजे ती महिलाको मृत्यु भएको न्यौपानेले जानकारी दिए।
योसँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ।
चितवनका १० जना, मकवानपुरका ४, वारा, गोर्खा, कैलाली र नवलपसारी (सुस्तापूर्व)का १/१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो।
प्रतिक्रिया