डाक्टर, नर्ससहित ७१ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि वीर अस्पतालकाे ओपीडी सेवा आजदेखि दुई दिनसम्मका लागि बन्द गरिएको छ।
अस्पतालले सूचना जारी गरेर आज (बुधबार) र भोलि (बिहीबार) ओपीडी सेवा बन्द गरिएको जानकारी दिएको हो।
अस्तपालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीका अनुसार मंगलबारसम्म डाक्टर, नर्स, फार्मेसीमा कार्यरत र सफाइकर्मी गरी ७१ कर्मचारीमा संक्रमण पुष्टि भएकाे हाे।
अस्पतालका अन्य कर्मचारीलाई आइसोलेसनमा राखिएकाे वीर अस्पतालले जनाएकाे छ।
सुरक्षाका लागि आवश्यक स्रोत/साधन नै तयार नपारी धमाधम कोरोनाका बिरामी भर्ना गरिएकाले वीर अस्पतालका डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी भटाभट संक्रमित हुन थालेको बताइएको छ।
3
Shares
प्रतिक्रिया