ad ad

समाज


बागमतीदेखि पश्चिमका प्रदेशमा बढी पानी पर्ने सम्भावना

बागमतीदेखि पश्चिमका प्रदेशमा बढी पानी पर्ने सम्भावना

नेपालखबर
भदौ १७, २०७७ बुधबार ०:३७,

आज (बुधबार) पनि देशका धेरै स्थानमा मघेगर्जन/चट्याङसहित हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

उसो त अहिले बिहान पनि गण्डकी र प्रदेश ५ मा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।

‘प्रदेश ४ (गण्डकी) मा त रातभर पनि पानी परेको थियो,’ बुधबार बिहान नेपालखबरसँग उनले भने, ‘प्रदेश १ तिर भने  आकाश खुल्दै गएकाे छ।’

उनका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरिरहेकाले आज देशका पूर्व र मध्य क्षेत्रमा भन्दा पश्चिमतर्फ बढी वर्षा हुने सम्भावना छ।

‘खासगरी आज गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी वर्षा हुने सम्भावना छ,’ मौसमविद् श्रेष्ठले भने, ‘छेउमै रहकाेले बागमती प्रदेशका पनि केही ठाउँमा वर्षा हुने सम्भावना छ, प्रदेश १ र २ मा पनि पानी नै नपर्ने त होइन, तर हल्का मात्रै  पर्ने सम्भावना छ।’

मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसाे गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिमप्रदेशका थौरै स्थान र बागमती प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना छ।

‘तर बागमती प्रदेशअन्तर्गत काठमाडौंमा आजलाई भारी वर्षाको सम्भावना छैन,’ मौसमविद् श्रेष्ठले भने, ‘हल्का वर्षाको मात्रै सम्भावना देखिएको छ।’

यस्तै राति पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

बागमती, गण्डकी र प्रदेश ५ का एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाकाे बुलेटिनमा उल्लेख छ। 

‘आज र भोलि वर्षा अलि बढी हुने सम्भावना देखिन्छ,’ मौसमविद् श्रेष्ठले भने, ‘शुक्रबारबाट भने वर्षा कम हुने सम्भावना छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .