ad ad

समाज


ललितपुरको नगर प्रहरी प्रमुखमा सीताराम हाछेथू

ललितपुरको नगर प्रहरी प्रमुखमा सीताराम हाछेथू

नेपालखबर
भदौ १४, २०७७ आइतबार १४:३५,

ललितपुर महानगरपालिकाले नगर प्रहरी प्रमुखमा पूर्व ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथूलाई नियुक्त गरेको छ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आइतबार हाछेथूलाई नियुक्त गरिएको बताए।

हाछेथू ट्राफिक व्यवस्थापनमा राम्रो छवि बनाएका प्रहरी अधिकृत हुन्।

उनको कामबाटै प्रभावित भएर नगर प्रहरीलाई चुस्त बनाउन उनलाई नियुक्त गरेको बताउँदै प्रमुख महर्जनले भने, ‘उहाँको नेतृत्वमा नगर प्रहरी अझै दक्ष हुने र प्रभावकारी काम गर्ने विश्वास छ।’

ट्राफिक व्यवस्थापनमा २९ वर्ष बिताएका हाछेथू २०७५ साल मंसिरमा नेपाल प्रहरीबाट अवकास भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .