ad ad

समाज


पूर्वाधार विकास कार्यालयका इन्जिनियर स्राेत नखुलेको रकमसहित पक्राउ

पूर्वाधार विकास कार्यालयका इन्जिनियर स्राेत नखुलेको रकमसहित पक्राउ

प्रकाश न्यौपाने
भदौ १४, २०७७ आइतबार १४:२१,

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले स्राेत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ।

अख्तियारले श्रोत नखुलेको ५ लाख ३० हजार रकमसहित पूर्वाधार विकास कार्यालय, बाँकेका कार्यालय प्रमुख इन्जिनियर मनिषकुमार अर्याललाई पक्राउ गरेको अख्तियार बुटवल कार्यालयले जनाएको छ।

उनलाई ६६-१-०७६१ नं. काे कार्यालयको गाडिसहित भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं. ५ बुटवलकाे कार्यालय परिसरबाट पक्राउ गरिएकाे सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .