ad ad

समाज


मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

नेपालखबर
भदौ १४, २०७७ आइतबार १२:१३,

महोत्तरीको गौशाला–सम्सी सडकखण्डमा पर्ने निगौल गाउँमा आइतबार मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा गौशाला नगरपालिका–२ निगौल गाउँ बस्ने ६० वर्षीय वृद्ध उपेन्द्र मण्डल रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताए।

गौशालाबाट–सम्सीतर्फ जाँदै गरेको ज ७ प २८७७ नम्बरको मोटरसाइकलले बाटोमा हिड्दै गरेका वृद्ध मण्डललाई ठक्कर दिँदा गम्भीर घाइते भएपछि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो।

मण्डलको शव परीक्षणका लागि जनकपुरमै राखिएको छ। ठक्कर दिने मोटरसाइकलसहित चालक प्रहरीको नियन्त्रणमा छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .