ad ad

समाज


चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

नेपालखबर
भदौ १३, २०७७ शनिबार ८:६,

चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

हेटौँडा उपमहानगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा शनिबार मृत्यु भएको हो।

मिर्गौलाको समस्याका कारण यही साउन २६ गते अस्पताल भर्ना भएकी उनीमा यही भदौ ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो। यो सँगै जिल्लामा कोरोना संक्रमण मृत्यु हुनेको सख्या १० पुगेको छ।

तीमध्ये चितवन चार, कैलाली एक, मकवानपुर चार र गोरखाका एक जनाको रहेका छन्।

चितवनकी एक वृद्धाको कोरोना संक्रमणका कारण घरमा नै मृत्यु भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .