ad ad

समाज


यस्तो छ प्रहरीले पानी छ्यापेको भाइरल भिडियोको बास्तविकता

यस्तो छ प्रहरीले पानी छ्यापेको भाइरल भिडियोको बास्तविकता

नेपालखबर
भदौ १३, २०७७ शनिबार ७:३१,

शनिबार बिहानैदेखि एक व्यक्तिलाई प्रहरीले पानी छ्यापेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

हात घाँटीमा बाधेको, काँधमा ब्लङकेट समातेको व्यक्तिमाथि एक महिला प्रहरीले गाग्रीको पानी खन्याइदिन्छिन। 

भिडियोमा पटक पटक ती व्यक्तिलाई जान भनिन्छ तर ती व्यक्तिले जादैँन भन्दै अड्डी कस्छन र प्रहरीविरुद्ध खनिइन्छन। 

त्यतिकैमा त्यहाँ रहेका अर्का एक प्रहरीले ती व्यक्तीलाई त्यहाँबाट जान भन्दै लठ्ठीले घोच्छन।

भिडियो हेर्न क्लिक गर्नुहोस्

झन्डै एक मिनेटको उक्त भिडियो सार्वजनिक भएपछि धेरैले प्रहरीले अमानवीय व्यवहार देखाएको भन्दै आलोचना गर्छन। 

No description available.

कतिले प्रहरी हेड क्वार्टर, प्रधानमन्त्री, गृहमन्त्रीलाई समेत उक्त भिडियो मेन्सन गर्दै पोस्ट गरेका छन। 

उक्त भिडियो भारइल बन्न थालेपछि भिडियोबारे नेपाल प्रहरीले बास्तविकता सार्वजनिक गरेको छ।  

सामाजिक सञ्जालमा घटनाबारे जानकारी दिदैँ नेपाल प्रहरीले लेखेको छ, 'सो घटना २०७७ बैशाख २५ गते काठमाडौंको माछापोखरीमा भएको हो। उक्त स्थानका स्थानीयहरुले ती व्यक्तिले हल्ला गरेर, अपशब्द बोलेर टोलबासीलाई पटक पटक हैरानी दिएको र हटाउन खोज्दा नमानेपछि प्रहरीलाई खबर गरेका आएको थियो। प्रहरीले हटाउँन खोज्दा प्रहरीमाथि पनि अपशब्द बोल्दै अभद्र व्यवहार गरी त्यहाँबाट जान नमानेपछि उक्त व्यक्तिलाई हटाउनेक्रममा त्यस किसिमको अवस्था श्रृजना भएको हो।'

Image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .