यस विषयमा रुसका रक्षामन्त्री सेर्गेइ सोइगुले जानकारी दिएका हुन्।
सोइगुले आगामी हप्ता भारतका रक्षामन्त्रीलाई रुसमा स्वागत गर्न आफू आतुर रहेको बताएका छन्।
आगामी हप्ता अर्थात सेप्टेम्बर ४ देखि ६ तारिखसम्म राजनाथ सिंहले रुसको भ्रमण गर्नेछन्।
मस्कोमा आगामी हप्ता सांघाई कोअपरेसन अर्गनाइजेसको बैठक हुन लागेको छ।
सो बैठकमा उक्त अर्गनाइजेसनका सदस्य राष्ट्रका रक्षामन्त्रीहरुको सहभागिता रहने छ।
सोही बैठकमा सहभागी हुन भारतीय रक्षामन्त्री सिंह पनि त्यसतर्फ जान लागेको रुसस्थित भारतीय दूतावासले जानकारी दिएको छ।
यसअघि गत जुन १५ मा भारतीय र चिनियाँ सेनाबीच गलवान उपत्यकामा झडप हुनासाथ राजनाथ सिंह रुस भ्रमणका लागि पुगेका थिए।
त्यसबेला सिंहले विभिन्न हतियार सम्झौता गरेको भारतीय संचारमाध्यमले जनाएका छन्। रासस/एएनआई
प्रतिक्रिया