ad ad

समाज


भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित, मृतकको संख्या ६० हजार नाघ्यो

भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित, मृतकको संख्या ६० हजार नाघ्यो

नेपालखबर
भदौ ११, २०७७ बिहिबार ४:५४,

पछिल्लो २४ घण्टामा भारतमा झण्डै ७६ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यहाँ गएको २४ घण्टामा ७५ हजार नौ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो। यो संख्या भारतमा एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। यस अवधिमा त्यहाँ एक हजार १७ जनाले ज्यान गुमाएका छन्।

भारतमा कोरोना भाइसरको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६० हजार नाघेको छ।

वर्ल्डओमिटरका अनुसार बिहीबार बिहानसम्म भारतमा संक्रमणका कारण ६० हजार ६ सय २९ जनाले ज्यान गुमाइसकेका छन्।

भारतमा अहिलेसम्म ३३ लाख सात हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। त्यसमध्ये २५ लाख भन्दा धेरै उपचारपछि निको भएका छन्। झण्डै आठ लाख सक्रिय संक्रमित अहिले पनि उपचारको क्रममा छन्।

पछिल्लो २४ घण्टामा विश्वभर ६३ सय भन्दा धेरैको कोरोना संक्रमणको कारण ज्यान गएको छ। यस अवधिमा दुई लाख ७१ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा १२ सय ७७ जनाले ज्यान गुमाएका छन्। त्यसैगरी ब्राजिलमा एक हजार ९०, मेक्सिकोमा ६ सय ५०, कोलम्बियामा दुई सय ९५, अजेन्टिनामा दुई सय ७६ जनाले ज्यान गुमाएका छन्।

विश्वभर अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको आठ लाख २९ हजार ६ सय ७६ पुगेको छ। दुई करोड ४३ लाख ३५ हजार सात सय ४१ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये एक करोड ६८ लाख ७४ हजार भन्दा धेरै उपचारपछि निको भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .