ad ad

समाज


साथी हत्याको आरोपमा पक्राउ परेका युवकको मृत्यु

साथी हत्याको आरोपमा पक्राउ परेका युवकको मृत्यु

शैलेन्द्र महतो
भदौ ११, २०७७ बिहिबार ४:४१,

रौतहटमा साथी हत्याको आरोपमा पक्राउ परेका युवकको उपचारको क्रममा मृत्यु भएको छ।

रौतहटको गरुडा नगरपालिका ८ जीगडियाका २० वर्षीय निरञ्जन रामको हत्या अभियोगमा पक्राउ परेका १९ वर्षीय विजय महराको मृत्यु भएको हो।

साथीको हत्या आरोपमा पक्राउ परेका विजयको बुधबार मध्यराति वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको गरुडा इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए।

उनकाअनुसार हत्यालगतै पक्राउ परेका विजय महरालाई भदौ ३ गते स्वास्थ्यमा समस्या देखिएपछि गरुडा अस्पतालमा भर्ना गरिएको थियो।

भदौ ३ गते नै गरुडा अस्पतालका चिकित्सकले उनको पिसावमा इन्फेक्सन भएको बताएको थियो। सोहि दिन उनलाई पखाला र वान्ता पनि भएको प्रहरीको भनाइ छ।

‘पिसावमा इन्फेक्सन, पखाला, वान्ता भएपछि कोरोनाको लक्षण हो भन्ने आशंकामा हामीले भदौ ४ गते उनलाई वीरगञ्जको नेशनल मेडिकलमा भर्ना गरेका थियौं। त्यहाँ उनको दुबै मिर्गौला फेल छ भनेर चिकित्सकले बताए। उपचारको क्रममा राति मृत्यु भयो,’ डीएसपी महतोले नेपालखबरसंग भने।

यता परिवारजनले उनलाई प्रहरीले चरम यातना दिएको कारण स्वास्थ्य अवस्था बिग्रेर मृत्यु भएको दावी गरेका छन्।

पक्राउ परेकै दिनदेखि रामलाई प्रहरी हिरासतभित्रै प्रहरीले हत्या कबुलनामा गराउन अत्यधिक यातना दिएकोले उनको मृत्यु भएको परिवारजनको आरोप छ।

गएको साउन ३१ गते निरन्जन रामको घरभन्दा पर बाटो छेउमा घाटी रेटेर हत्या भएको अवस्थामा शव बरामद भएको थियो।

सोहि अभियोगमा उनका साथी विजय रामसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

हत्या अभियोगमा प्रहरीले स्थानीय २० बर्षीय अजयकुमार रंजन, १९ बर्षीय विवेककुमार यादव, १९ बर्षीय अर्जुन राम, २० बर्षीय सिकिन्द्र रामसहित सात जना मिलेर हत्या गरेको आरोपमा पक्राउ गरेको थियो।

याे पनि: 
योजनाबद्ध रुपमा भएको थियो निरञ्जनको हत्या, घटनामा संलग्न ७ जना पक्राउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .