ad ad

समाज


संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्न घरदैलो गरेको हुँः मेयर सुवेदी (भिडियो)

संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्न घरदैलो गरेको हुँः मेयर सुवेदी (भिडियो)

नेपालखबर
भदौ १०, २०७७ बुधबार १४:५४,

कोरोना संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण र बुझाई नकारात्मक भएको गुानासो सबैतिर सुनिन्छ। समाजका अगुवाहरुले पनि उनीहरुलाई हौसला प्रदान गर्नुको साटो हेयको दृष्टिले हेर्नुका साथै नजिकको सरकार भनेर चिनिने स्थानीय तहहरुले समेत वेवास्ता गर्ने गरिएको आरोप पनि लाग्ने गरेको छ।

तर बुटवल उपमहानगरपालिकाका मेयर शिवनाथ सुवेदी भने अपवाद हुन्। मेयर सुवेदी आयुर्वेदिक औषधि लिएर कोरोना संक्रमित भेट्न घरघरमै पुग्छन्। कोरोना संक्रमणबारे जनचेतना फैलाउँदै र संक्रमणबाट जोगिन आग्रह गर्दै हिड्छन्। जसको अहिले सबैतिर प्रशंसा भइरहेको छ।

मेयर सुवेदीले संक्रमितहरुलाई घरमै पुगेर कोरोनाबाट बच्नका लागि योग अभ्यास गर्न पनि प्रेरित गरिरहेका छन्।

कोरोना संक्रमणको दर बढ्दै जाँदा अस्पतालमा ठाउँको अभाव हुन थालेपछि लक्षण नदेखिएका संक्रमितलाई घरमा नै आइसोलेसनमा राखिएको छ। अझ सरकारले नै लक्षण नदेखिएका वा सामान्य लक्षण देखिएका संक्रमितलाई अस्पतलबाट डिस्चार्ज गर्न निर्देशन दिइसकेको छ। यसले गर्दा अधिकांश संक्रमितहरु घरमै बस्नुपर्ने बाध्यता छ। तर, समाजले आफू र आफ्नो परिवारलाई कस्तो दृष्टिकोणले हेर्ने हो भन्ने चिन्ताले उनीहरुको मनोबल खस्काउने काम गर्दछ।

यस्तो अवस्थामा संक्रमित व्यक्तिहरुप्रति समाजले कस्तो व्यवहार गर्नुपर्छ भन्ने उदाहरण बनेका मेयर सुवेदीसँग नेपालखबरले कुराकानी गरेको छ।

संक्रमित भन्ने वित्तिकै समाजले हेर्ने दृष्टीकोण परिवर्तन गर्न पनि यसरी घरदैलो कार्यक्रम गरेको सुवेदी सुनाउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .