ad ad

समाज


प्रदेश ५ मा थप १०० जनामा कोरोना पुष्टि

प्रदेश ५ मा थप १०० जनामा कोरोना पुष्टि

प्रकाश न्यौपाने
भदौ ९, २०७७ मंगलबार १२:४३,

पछिल्लो २४ घण्टामा प्रदेश ५ का विभिन्न जिल्लामा गरेर १०० जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका अनुसार कपिलवस्तुमा ५, पाल्पामा ४, बाँकेमा ९, गुल्मीमा १, रुपन्देही ५७, प्यूठानमा १८ र बर्दियामा ६ जना गरी थप १०० जनामा कोरोना पुष्टि भएको हो।

नयाँ संक्रमितमध्ये ६९ जना पुरुष हुन् भने ३१ जना महिला छन्। नयाँ थपिएका संक्रमितसँगै प्रदेशमा अहिलेसम्म ५ हजार ७ सय ११ जनामा कोरोना भाइरस पुष्टि भएको छ।

यो संख्या देशभर संक्रमितमध्ये १७ प्रतिशत हो।

यस्तै, प्रदेशमा कोरोनाका कारण मुत्यु हुनेको संख्या २३ पुगेको मन्त्रालयका प्रवक्ता डा.पुष्पराज पौडेलले जानकारी दिए। संक्रमितमध्ये ४ हजार ५६६ जना उपचारपछि निको भइसकेको मन्त्रालयले जनाएको छ।

१ हजार ६० जनाको उपचार भइरहेको छ। उपचार गराइरहेका संक्रमितमध्ये २३ प्रतिशतमा मात्रै भाइरसको लक्षण देखा परेको प्रवक्ता पौडेलले जानकारी दिए।

प्रदेशका विभिन्न १३७ ओटा आइसोलेसन कक्षमा ८४७ जना संक्रमित उपचाररत छन्। संक्रमण पुष्टि भएर पनि लक्षण नदेखिएकालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

१०५ जना लक्षणसहितका संक्रमितको सामान्य उपचार कक्ष र सघन उपचार कक्षमा राखेर उपचार भइरहेको मन्त्रालयले बताएको छ। जसअनुसार लुम्बिनी प्रादेशिक अस्पताल धागो कारखाना, बुटवलमा सामान्य उपचार कक्षमा उपचार गराइरहेका २३ जना छन् भने सघन उपचारमा १७ जना छन्।

यस्तै, भीम अस्पताल भैरहवामा सामान्य ७, शुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेमा सामान्य २५ र केन्द्रिय आयुर्वेद विद्या पिठ बेलझुण्डी दाङमा ३३ जनालाई सामान्य उपचार कक्षमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .